close

सैनामैनाको वडा नम्बर ९ का विपन्न विद्यार्थीलाई बाँडियो पोसाक र झोला 

सैनामैनाको वडा नम्बर ९ का विपन्न विद्यार्थीलाई बाँडियो पोसाक र झोला 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ९ ले वडाभित्र रहेका सामुदायिक विद्यालयका विपन्न तथा जेहेनदार विद्यार्थीलाई पोसाक तथा झोला वितरण गरिएको छ । वडा नम्बर ९ का जनचेतना माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, जनज्योति आधारभूत विद्यालय, रामापुर उच्च माध्यमिक विद्यालय  र पशुपति उच्च माध्यमिक विद्यालयका  विपन्न विद्यार्थीलाई पोसाक र झोला वितरण गरिएको वडाध्यक्ष डोलराज भण्डारीले बताए । उनले भने, ‘वडा कार्यालयले वडा नम्बर ९ मा घर भएका विपन्न तथा जेहेनदार ५० विद्यार्थीलाई पोसाक र १५ जनालाई झोला वितरण गरेको हो ।’ 


वडाध्यक्ष भण्डारीले विगत वर्षमा पनि विद्यार्थीलाई पोसाक र झोला वितरण गरिएको जानकारी दिए । वडाबाट सिलाइ–कटाइ, उद्घोषण तालिम, ब्युटिपार्लर जस्ता विभिन्न तालिम सञ्चालन गरिँदै आएको उनले बताए । ‘बेरोजगार युवायुवतीलाई तालिम दिएपछि स्वरोजगार बन्न सहयोग पुगेको छ,’ उनले भने । कार्यक्रममा वडा सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी, वडा कार्यालयका कर्मचारीलगायत उपस्थित थिए ।