close

शिक्षामन्त्री पौडेलले गरे केशरमहल निरीक्षण

शिक्षामन्त्री पौडेलले गरे केशरमहल निरीक्षण

Trulli
ADVERTISEMENT

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहल निरीक्षण गरेका छन् । मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित शाखा कार्यालय निरीक्षण गरेका हुन् ।

 

निरीक्षणका क्रममा मन्त्री पौडेलले ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीलाई मन्त्रालयको शाखाबाट प्रवाह हुने सेवाको विषयमा जानकारी लिए । ‘मन्त्रालयको शाखामा के कस्तो काम भइरहेको छन् भनेर निरीक्षण गर्न आएका हौँ,’ मन्त्री पौडेलले सेवाग्राहीसँग भने, ‘तपार्इंहरूलाई दिने सेवामा कुनै समस्या छ ?’

 


मन्त्रीको प्रश्नमा सेवाग्राहीले लामो समय लाइन बसेरै भए पनि काम सकेर जानेको गरेको बताए ।  शाखा कार्यालयका उपसचिव हरिप्रसाद निरौलाले सेवाग्राहीका लागि राती १२ बजेसम्म पनि काम गरिरहेको बताए । ‘सेवाग्राहीको सेवाका लागि राती १२ बजेसम्म पनि काम गर्छौं,’ उपसचिव निरौलाले भने,‘रातको अन्तिम उडान नभएसम्म सुत्दैनौँ ।’ कतिपयले अन्यबाटोबाट ‘नो–अब्जेक्सन’ लेटर बनाउँदा विमानस्थलबाट फर्किएको निरौलाको भनाइ छ । 

 

सोही क्रममा मन्त्री पौडेलले सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखेर गर्न कर्मचारीलाई निर्देशन दिए । कर्मचारी अभावका कारण सेवाग्राहीलाई तत्कालै सेवा दिन नसकिएको उपसचिव निरौलाले बताए ।  नो–अब्जेक्सन लेटर अनलाइन प्रणालीमा लगेपछि ११ करोड बढी राजस्व संकलन गर्न सफल भएको उपसचिव निरौलाले जानकारी दिए । शाखाले अनलाइनमार्फत निवेदन प्रमाणित गरी सेवा दिँदै आएको छ ।