close

त्रिभुवन विश्वविद्यालय अनुगमनमा निस्किए शिक्षामन्त्री

त्रिभुवन विश्वविद्यालय अनुगमनमा निस्किए शिक्षामन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपति पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिए ।  ‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ,’ सहकुलपति पौडेलले भने, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो । फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस् ।’

 


सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भए पनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराए । ‘जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भए पनि समयमा सेवाग्राहीको काम हुनुप¥या,े’ मन्त्रीले भने । 


देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग मन्त्रीले आग्रह गरे । ‘मार्कसिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस्,’ मन्त्री पौडेलले भने, ‘देशको ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन् ? विद्यार्थीको मानविकी संकायमा धेरै गुनासो छ, सम्बोधन गर्नुहोस् ।’


मन्त्री पौडेलले जनशक्ति थप्ने काम त्रिविको भएकाले सेवाग्राहीलाई त्यो थाहा नहुने हुँदा गुनासो कम आउने गरी काम गर्न आग्रह गरे । विश्वविद्यालय सिस्टममा नभएको भन्दै भौतिक संरचना एवं विद्यार्थीलाई दिने सेवा प्रविधिमन्त्री हुनुपर्नेमा उनले जोड दिए । परीक्षा नियन्त्रक जोशीले पर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्न सकिने बताए ।

 

पुराना कर्मचारी रिटायर हुँदा नयाँ कर्मचारीले सिस्टम सिक्ने एक वर्ष लाग्ने जोशीको भनाइ छ । परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको उनले स्वीकारे ।