close

स्थायी शिक्षक पदमा दुई लाख बढीको आवेदन

स्थायी शिक्षक पदमा दुई लाख बढीको आवेदन

Trulli
ADVERTISEMENT

काठमाडौं–शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा स्थायी शिक्षक पदमा आवेदन माग गरेकोमा दुई लाखभन्दा बढीको आवेदन परेको छ । हालसम्म २ लाख १८ हजार ३८३ जनाले आवेदन भरेका हुन् ।


माध्यमिक तहका लागि आवेदन फाराम भर्ने म्याद शनिबार सकिएको छ । सो तहका ३६ हजार ५८२ जनाले आवेदन फाराम भरेका छन् । यस पटकबाट अनलाइन माध्यमबाट आवेदन फाराम भर्न पाउने व्यवस्था छ । यसअघि लिइएको माध्यमिक तहको परीक्षामा ६० हजारले आवेदन फाराम भरेका थिए ।


आयोगका अनुसार आइतबारसम्म प्राथमिक तहमा ९५ हजार ८६ र निम्न माध्यमिक तहमा ८६ हजार ७१५ जनाले आवेदन फाराम भरिसकेका छन् । निम्न माध्यमिकको १५ माघ र प्राथमिक तहको २० माघसम्म आवेदन फाराम बुझाउने अवधि छ ।

 

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आवेदन फाराम भर्ने उम्मेदवारको संख्या तुलनात्मक रूपमा कम भएको बताउँदै भने, ‘आवेदन फाराम भर्ने उम्मेदवारको संख्यामा कमी आउनुको कारणबारे विश्लेषण गरिसकेका छैनौँ तर विगतमा एकभन्दा बढी प्रदेशबाट पनि फाराम भर्ने गरेका थिए । यस पटकबाट एक स्थानमा मात्र फाराम भर्न सकिने व्यवस्थाले यो संख्यामा कमी आएको हुन सक्छ ।’


आयोगले माध्यमिक तहका उम्मेदवारबाट ३ करोड ६५ लाख ८२ हजार, निम्न माध्यमिक तहका उम्मेदवारबाट ६ करोड ७ लाख ५ सय र प्राथमिक तहका उम्मेदवारबाट ६ करोड ७५ लाख ४३ हजार ५ सय गरी १४ करोड ४८ लाख २६ हजार रुपैयाँ राजस्व उठाइसकेको छ ।