close

सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह 

सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह 

Trulli
ADVERTISEMENT

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको बताएका छन् । भक्तपुरस्थित सिटिइभिटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था भएकाले दीर्घकालीन योजना बनाई कार्यान्वयनमा लाग्न निर्देशन दिए । ‘ऐन, नियमावली र नीतिमा समस्या छन् भने बुँदागत रूपमा ल्याउनुस्, समाधान गरौँ,’ मन्त्री पौडेलले भने ।

 


१०औँ वर्षदेखिका फाइल पेन्डिङमा राखेर नहुने बताउँदै मन्त्री पौडेलले निकास दिन गम्भीर बन्न कर्मचारीलाई आग्रह गरे ।  नयाँ बजेट बन्ने प्रक्रिया सुरु हुन लागेकाले आवश्यकता के–के हुन्, टिपोट गरेर मन्त्रालयमा पेस गर्न उनले आग्रह गरे । ‘नयाँ बजेटको प्रक्रिया थालनी हुँदै छ,’ मन्त्री पौडेलले भने, ‘संस्थाका आवश्यकता के–के हुन्, मन्त्रालयलाई दिनुस् ।’

 


मन्त्रालयले २०३० सम्म दिगो विकासको लक्ष्य लिएको बताउँदै त्यसका लागि अहिलेदेखि नै योजनाबद्ध रूपले काममा लाग्नुपर्नेमा जोड दिनुभयो । शिक्षा सचिव यादवप्रसाद कोइरालाले पारदर्शिता र सुशासन कायम राख्न सिटिइभिटी नेतृत्वलाई निर्देशन दिए । ‘मन्त्रालयले कर्मचारी र संस्थाको हित हुने गरी ऐन बनाउँछ,’ उनले भने, ‘मन्त्रालय कर्मचारीको अभिभावक हो । पारदर्शिता र सुशासनमा प्रतिबद्ध हुनुस् ।’