close

स्थगित त्रिविका परीक्षा १ फागुनदेखि सुरु हुँदै

स्थगित त्रिविका परीक्षा १ फागुनदेखि सुरु हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं–त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित विभिन्न संकायका परीक्षा १ फागुनदेखि सञ्चालन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै परीक्षाको तालिका प्रकाशित गरेको हो ।

 

विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ ४ वर्षे बीएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा १ फागुनदेखि हुनेछ । वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलबी तेस्रो वर्ष नियमित परीक्षा पनि १ फागुनदेखि सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

 

विभिन्न संकायका परीक्षा तालिका र परीक्षा केन्द्र कार्यालयले वेबसाइटमै राखेको छ । कोरोना संक्रमित बढेसँगै त्रिविले माघ मसान्तसम्म परीक्षा तथा कक्षा सञ्चालन गरेको थिएन । ११ माघदेखि अनलाइनबाट कक्षा सञ्चालन गरिएका छन् ।