close

रामग्राममा छोरी बचाऊ, छोरी पढाऊ अभियान

रामग्राममा छोरी बचाऊ, छोरी पढाऊ अभियान

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम–नवलपुरको रामग्राम नगरपालिकाले छोरी बचाऊ, छोरी पढाऊ अभियान सञ्चालनको तयारी गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले नगरभित्र जन्मेका छोरीका परिवारलाई २५ हजार रुपैयाँ नगद उपलब्ध गराउनेछ । 

 

नगर प्रमुखप्रमुख नरेन्द्रकुमार गुप्ताले समाजमा छोरीप्रति नकारात्मक भावना रहेको हँुदा बेटी पढाओ, बेटी बचाओ अभियान ल्याइएको बताए । अभियानले शैक्षिक क्षेत्रमा सचेतना एंव जागरण ल्याउने उनको विश्वास छ ।

 


नगर क्षेत्रमा चालू आर्थिक वर्षमा जन्मेका सबै छोरीका घरपरिवारलाई नगरपालिकाले २५ हजार रुपैयाँ रकम बैंक खातामा राखिदिने व्यवस्था मिलाएको छ ।
नगरपालिकाले दुई छोरीको हकमा मात्र यो रकम दिनेछ । यो रकम छोरी बालिग भएपछि मात्र निकाल्न पाइने प्रावधान बनाइएको नगर उपप्रमुख रम्भा कंवरले बताइन् ।