close

शिक्षण अस्पताल सञ्चालन गर्दै पोखरा विश्वविद्यालय

शिक्षण अस्पताल सञ्चालन गर्दै पोखरा विश्वविद्यालय

Trulli
ADVERTISEMENT

कास्की–गण्डकी प्रदेश मुकाममा रहेको पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेसँगको नीतिगत छलफलपछि दुुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय भएको हो । 

 

विश्वविद्यालयले गण्डकी प्रदेश आसपासका क्षेत्रका मेडिकल कलेजलाई सम्बन्धन दिने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने सम्बन्धमा छलफल भएको विश्वविद्यालयका रजिस्ट्रार दीपक भण्डारीले जानकारी दिए ।

 

विश्वविद्यालयमा फिजियोथेरापी र अप्टोमेटिप विषय अध्यापनको तयारी भइरहेको उनले बताए । त्यसका लागि अहिले भौतिक संरचना निर्माणको काम भइरहेको छ । यसअघि बसेको विश्वविद्यालय सभाले नयाँ विषय र मेडिकल कलेजको सम्बधन दिने विषयमा समेत निर्णय गरिसकेको थियो ।

 

छलफलमा मन्त्री पौडेलले मुख्यगरी तीन विषयमा ध्यान दिन आग्रह गरे । भौतिक पूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयभन्दा फरक कोर्स तयार गर्न उनको सुझाव छ । विश्वविद्यालय सुधारका लागि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आवश्यक छलफल गर्ने मन्त्री पौडेलको भनाइ छ ।

 

‘विश्वविद्यालय सुधारका लागि अन्य विश्वविद्यालयका पदाधिकारीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘नयाँ योजना र नीतिगत विषयलाई जोड दिनुस्, आवश्यक परे प्रधानमन्त्रीसँग कुरा गर्छु ।’