close

वैशाखदेखि नयाँ शैक्षिक सत्र 

वैशाखदेखि नयाँ शैक्षिक सत्र 

Trulli
ADVERTISEMENT

काठमाडौं– कोभिड–१९ को दोस्रो लहरका कारण विद्यालय तहको चालू शैक्षिक सत्र गत १ असारदेखि सुरु भएकामा नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुने भएको छ । 


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैत÷वैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै निर्णय हुन सक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने बताए । ‘आगामी फागुन र चैतभरि पठनपाठनलाई निरन्तरता दिइनुपर्छ । त्यसो भए बाँकी कोर्स पनि पूरा हुनेछ’, उनले भने, ‘आगामी वैशाख पहिलो सातामा वार्षिक परीक्षा गर्ने र लगत्तै नतिजा सार्वजनिक गरी नयाँ शैक्षिक सत्र थाल्नुपर्छ ।’

 

शैक्षिक सत्र सकिएपछि लामो बिदा दिने चलनलाई समयअनुसार निरन्तरता दिनुपर्ने भन्ने नहुने उनको भनाइ । उनले भने, ‘चैत मसान्तसम्म विद्यार्थीलाई नअल्मल्याऔँ । पढ्न दिऊँ । छिटो विधिबाट सबै काम वैशाखमै सकौँ ।’ विद्यालयले औसतमा ५० देखि ६० प्रतिशतसम्म कोर्स सकेको अवस्था छ । अनलाइन माध्यमबाट अध्यापन गर्नुपर्ने हुँदा विशेषगरी सामुदायिक विद्यालयका धेरैजसो विद्यार्थी पठनपाठनको पहुँचभन्दा टाढा छन् ।

 

नेपाल शिक्षक महासंघ अध्यक्ष कमला तुलाधरले आगामी चैत अन्तिम सातासम्म बाँकी कोर्स सक्न समस्या नहुने बताइन् । ‘वार्षिक परीक्षा आगामी चैत अन्तिम सातामा लिएर वैशाखको पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न समस्या हुँदैन’, उनले भनिन् ।