close

७५३ स्थानीय तहमा प्राविधिक विद्यालय स्थापना : शिक्षामन्त्री पौडेल

७५३ स्थानीय तहमा प्राविधिक विद्यालय स्थापना : शिक्षामन्त्री पौडेल

Trulli
ADVERTISEMENT

कास्की– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय स्थापना गरिने बताएका छन् । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पु¥याइने बताएका हुन् । ‘प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँग जोड्नुपर्छ’, मन्त्री पौडेलले भने, ‘मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको छ ।’


मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रूपमा अघि बढाउन आवश्यक बजेटका लागि पहल गर्ने बताए । ‘भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयका तर्फबाट हुने सहयोग गर्न तयार छु’, मन्त्री पौडेलले भने, ‘अन्यत्र नभएको विषयलाई ध्यान दिनुपर्छ ।’ मन्त्री पौडेलले ३ वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालयले योजना अघि बढाएको बताउँदै यो वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । 


उनले विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै ४ देखि १२ वर्षसम्मका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्था गरिने जानकारी दिए । उनले पढ्दै कमाउँदै कार्यक्रमले सीपलाई श्रमसँग जोड्ने बताउँदै ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई यसमा समावेश गर्नुपर्ने धारणा राखे । 


७ असोज ०७६ मा आंगिक क्याम्पसको रूपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिक विद्यालयको शैक्षिक भवन निर्माणका लागि सरकारले ५ करोड रुपैयाँ छुट्याएको छ । निर्माणको ठेक्का पाएको रविना कन्ट्रक्सन प्रालिले ३ करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा ४ तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसाद शर्माले जानकारी दिए ।

 

माछापुच्छ्रे माध्यमिकविद्यालयले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी १४ रोपनी जग्गा ८० करोडमा खरिद गरी बुहप्राविधिक शिक्षालय निर्माणका लागि उपलब्ध गराएको संघीय सांसद दुर्गा विकले बताइन् । अहिले बहुप्राविधिक शिक्षालय भाडाको घरमा सञ्चालन भइरहेको छ ।