close

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : छानिए लमजुङका ३२ विद्यालय

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : छानिए लमजुङका ३२ विद्यालय

Trulli
ADVERTISEMENT

लमजुङ–राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट भएका छन् । राईनासका ८, बेंसीसहरका ६ र सुन्दरबजार नगरपालिकाका ५ विद्यालय छनोटमा परेका छन् । त्यस्तै, दोर्दीका ५, मध्य नेपालका ४, मस्र्याङ्दीका ३ र दूधपोखरी गाउँपालिकाको एउटा विद्यालय छनोट भएको छ ।

 


शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार छनोट भएका १४ वटा विद्यालयमा कक्षाकोठा निर्माण हुनेछ । त्यस्तै, शिक्षामा नवीन प्रविधि प्रवद्र्धनमा १७ र एउटा विद्यालय प्रयोगशालाका निम्ति छनोट भएका छन् । 


८ वटा विद्यालयमा चार कोठे भवन बन्नेछ भने ९ वटा विद्यालयमा दुई कोठे भवन बन्नेछ । जिल्लामा गत वर्ष सोही कार्यक्रमअन्तर्गत १६ विद्यालय छनोटमा परेका थिए । छनोट भएका विद्यालयले ६ लाख ५० हजारदेखि ३६ लाख रुपैयाँसम्म अनुदान पाउनेछन् ।