close

बुढीनन्दामा साक्षर १३ हजार १६५ र निरक्षर २६६ जना

बुढीनन्दामा साक्षर १३ हजार १६५ र निरक्षर २६६ जना

Trulli
ADVERTISEMENT

बाजुरा । बुढीनन्दा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ ।

असार २३ गते बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकालाई साक्षर घोषणा गरेको हो । बुढीनन्दा नगरपालिकामा १५ वर्षदेखि ६० वर्ष उमेर समुहका नागरिकहरुको साक्षरता  पहिचान गरी नेपाल सरकारले निर्धारण गरेका १२ वटा सुचकको आधारमा ९८ प्रतिशत नागरिक साक्षर रहेको सर्वेक्षण अनुसार नगरपालिकालाई साक्षर घोषणा गरिएको शिक्षा अधिकृत दयाराम जोशिको भनाइ छ ।

जोसीका अनुसार नगरपालिकाका ३ हजार ९३७ घरधुरीमा १३ हजार १५६ जनसंख्या रहेको छ । जसमा ६ वटा सुचक भन्दा बढी जान्नेको संख्या १३ हजार १५६ अर्थात ९८ प्रतिशत साक्षर रहेको बताइएको छ।

जसमा २६६ जना अर्थात २ प्रतिशत निरक्षर वा ६ वटा सुचक भन्दा कम जान्नेको संख्या रहेको जोशिको भनाइ छ । नगरपालिकाको तथ्यांक अनुसार १८१ ज्ना महिला निरक्षर रहेका छन भने ८८ जना पुरुष निरक्षर छन् ।