close

गजुरीमा चेपाङ किशोरीका लागि छात्रावास, मुख्यमन्त्रीले गरे उद्घाटन

गजुरीमा चेपाङ किशोरीका लागि छात्रावास, मुख्यमन्त्रीले गरे उद्घाटन

Trulli
ADVERTISEMENT

धादिङ । चेपाङ किशोरीलाई सहज शिक्षाको पहुँचका लागि बास बस्न निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरिएको छ ।

गजुरी गाउँपालिका–१ हाँगेटारमा निर्माण भएको सो छात्रावासको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज उद्घाटन गरेका हुन् ।

छात्रावासमा ३६ जना बस्न सक्ने क्षमता रहेको छ ।

कार्यक्रमा मुख्यमन्त्री पाण्डेले छात्रावासमा रहने किशोरीको लागि बागमती प्रदेश सरकारको तर्फबाट २० वटा कम्प्युटर सहयोग गर्ने बताए । छात्रावास भवनको उचित रेखदेखका लागि उनले गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई भवन हस्तान्तरण गरे ।

गजुरी गाउँपालिका र नेपाल चेपाङ सङ्घ धादिङको समन्वयमा छात्रावास निर्माण गरिएको हो । छात्रावासमा गरिब चेपाङ समुदायका किशोरी यहाँ बसेर पढ्नेछन् ।

कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले चेपाङ किशोरीको पढाइमा सहयोग गर्ने भन्दै छात्रावासको सही प्रयोग तथा व्यवस्थापनको लागि विकास साझेदारसँग समन्वय तथा सहकार्य गर्ने बताए । 

जिसस धादिङका उपप्रमुख कुलमान विक, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, गजुरी गाउँपालिका उपाध्यक्ष सर्मीला बिसुराल, बेनीघाट रोराङका उपाध्यक्ष टापबहादुर श्रेष्ठ लगायतको सहभागिता थियो ।

साढे चार रोपनी क्षेत्रफलमा छात्रावास भवन, भान्सा तथा डाइनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पालेघरसहितको भवन रु दुई करोड ३३ लाख २२ हजारको लागतमा निर्माण भएको हो ।