close

शैक्षिक सुधारको लागि मण्डनदेउपुरद्धारा शिक्षक अन्तरक्रिया

शैक्षिक सुधारको लागि मण्डनदेउपुरद्धारा शिक्षक अन्तरक्रिया

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । मण्डेनदेउपुर नगरपालिकाले शैक्षिक सुधारको लागि सामुदायिक विद्यालयसँग अन्तरक्रिया गर्ने भएको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयको शिक्षामा भएका कमीकमजोरी र समस्याको पहिचान गर्नको लागि पालिकाले अन्तरक्रिया गर्न लागेको पालिकाले जनाएको छ । 

नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र विष्टका अनुसार नगरपालिकाभित्र ४६ सामुदायिक र ७ निजी गरी ५३ वटा विद्यालय रहेका छन् । ती विद्यालयमा करिब ७ हजार विद्यार्थीहरू अध्ययनरत छन् । 

उनले विगतका वर्षमा शिक्षाको सुधारको लागि शिक्षकलाई प्रशिक्षण र प्रधानाध्यापकको बैठक राख्दै आएको बताए । सो कार्यबाट शिक्षामा केही सुधार भएकोले पुन शिक्षकहरूलाई अन्तरक्रिया गर्न लागेको उनले बताए । 

‘कार्यक्रममा नगरभित्रको ५०० जना शिक्षकको सहभागि हुनेछ । नगरप्रमुख, शिक्षाविद्हरू पनि आउने हुनेछ,’ उनले भने, ‘एक दिनमा सबै शिक्षकको  आवाज समेट्न नसकिए पनि नमुना विद्यालय र कमजोर विद्यालयको अनुभव आदानप्रदान हुनेछ ।’ 

अन्तरक्रियामा नगरभित्रका सबै शिक्षक, प्रधानाध्यापक, विद्यालयको व्यवस्थापन समितीका पदाधिकारीलाई समेत निमन्त्रणा गरिएको उनले बताए । 

एक दिने अन्तरक्रियामार्फत् पनि नगरभित्रका सामुदायिक विद्यालयमा सकरात्मक सन्देश ल्याउन सक्ने विश्वास उनले व्यक्त गरे । 

अन्तरक्रियामा स्थानीय पाठ्यक्रमबारे प्रवोधीकरण, विद्यालय सिकाइ अभिवृद्धि, असल विद्यालयको अभ्यास र दीर्घकालीन शैक्षिक योजनाबारे सुझाव संकलन हुने छ । 

कार्यक्रममा सबै शिक्षक उपस्थित हुने भएकोले उक्त दिन नगरभित्रका सबै विद्यालय बन्द हुने उनले जनाएका छन् । अन्तरक्रिया आगामी आइतबार कुन्तबेशीस्थित मण्डनदेउपुर पार्टी प्यालेसमा हुनेछ ।