close

एसईईको नतिजा चित्त नबुझे पुनर्योग गर्न पाइने

एसईईको नतिजा चित्त नबुझे पुनर्योग गर्न पाइने

Trulli
फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योग गर्न निवेदन दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न निवेदन सकिने व्यवस्था मिलाएको हो ।

पुनर्योग चाहेमा विभिन्न प्रक्रिया पुरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा वा सोझै परीक्षा नियन्त्रण कार्यालयमा फारम भरी बुझाउनुपर्नेछ । पुनर्योग गराउने समय साउन २७ गते सम्म मात्र रहेको छ ।

निवेदन दस्तुर प्रति विषय पाँच सय का दरले हुने रकम राजश्व खाता नं १४२२३ मा जम्मा गर्नुपर्नेछ ।

निवेदनको ढाँचा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेवसाइट वा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ।