close

विद्यार्थी बिरामी भएपछि विद्यालय बन्द, परीक्षा स्थगित

विद्यार्थी बिरामी भएपछि विद्यालय बन्द, परीक्षा स्थगित

Trulli
ADVERTISEMENT

दार्चुला ।  अपी हिमाल गाउँपालिका–४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरू बिरामी हुन थालेपछि पठनपाठन बन्द गरिएको छ । छात्राहरू केही हप्तादेखि बिरामी हुन थालेपछि केही दिनलाई विद्यालयको पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक खडक लोथ्यालका अनुसार विद्यालयमा छात्राहरू करिब हप्ता दिनदेखि एकाएक बिरामी हुन थालेपछि पठनपाठन बन्द गरिएको हो।

अपि रविन्द्र सिंह बोहराका अनुसार छात्राहरू एक्कासी रुने, कराउने  मुर्छा पर्ने तथा भीडभाडदेखि डराउने लक्षण देखिएपछि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार बन्द गरिएको हो । 

बिहीबार बसेको विद्यालय व्यवस्थापन समिति बैठकले साउन १३ गतेदेखि साउन १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

यस्तै साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विद्यालयले जनाएको छ ।