close

एसईईमा राम्रो नम्बर ल्याउने विद्यार्थीलाई मासिक ४ हजार भत्ता

एसईईमा राम्रो नम्बर ल्याउने विद्यार्थीलाई मासिक ४ हजार भत्ता

Trulli
ADVERTISEMENT

गुल्मी । रेसुङ्गा नगरपालिकाले यस वर्ष एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई मासिक भत्ता दिने भएको छ । 

नगरपालिकाका अनुार ३.२० भन्दा धेरै जिपिए ल्याउने विद्यार्थीलाई मासिक चार हजार रुपैँया भत्ता दिने भएको छ । नगरपालिकाभित्रकै कलेजमा पढ्ने विद्यार्थीलाई कक्षा ११ पढिन्जेल एक शैक्षिक सत्र मासिक ४ हजार भत्ता उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको हो । 

‘उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरू नगरपालिकाबाट बाहिरिन्छन् । विद्यार्थीलाई गाउँकै विद्यालयमा शिक्षा प्रदान गर्न भत्ता दिने गरिएको हो,’ रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले पालिका खबरसँग टेलिफोन सम्पर्कमा भने । 

नगरपालिकाको अनुसार ३.२० भन्दा बढी जिपिए ल्याउने विद्यार्थी यसवर्ष १४६ जना छन् । ती मध्ये ४० प्रतिशत विद्यार्थी नगरपालिकाभित्र नै पढ्ने आशा गरिएको छ । नगरपालिकाले आगामी वर्षमा पनि यस योजनालाई निरन्तरता दिने भएको छ ।  

‘भत्ताले विद्यार्थीलाई नगर भित्रका कलेजमा पढाउन मात्र नभई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मेहेनत गर्न थप उर्जा प्रदान गर्ने छ,’ मेयर पन्थीले भने ।