close

शैक्षिक अवस्था नसुधारेसम्म पोखरिया नगरकाे विकास असम्भव : मेयर चौहान

शैक्षिक अवस्था नसुधारेसम्म पोखरिया नगरकाे विकास असम्भव : मेयर चौहान

Trulli
ADVERTISEMENT

काठमाडौं । पर्साको पोखरियामा नमुना विद्यालयको रुपमा स्थापित श्री जिल्ला उचाभल रामदेव कलवार माध्यमिक विद्यालयले व्यवस्थापन समिति गठन गर्ने सम्बन्धमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सबैलाई समेटेर व्यवस्थापन समितिको अन्तरक्रिया कार्यक्रम चार वर्षपछि भएको छ । व्यवस्थापन समितिको अभावमा विद्यालयको शैक्षिक अवस्था दिनप्रतिदिन खस्किँदै गरेकाले अविलम्ब व्यवस्थापन समिति गठन गर्न आवश्यक रहेको प्रअ ओमप्रकाश रौनियारले बताए ।

नगरपालिकाको शिक्षा शाखाको संयोजकमा विद्यालय व्यवस्थापन समिति गठन हुने हो । तर, पाच दिनअगावै सूचना दिए पनि शिक्षा शाखाका संयोजक विजय झा उपस्थित नभएको भन्दै दु:ख प्रकट गरे । 

विनाविद्यालय व्यवस्थापन समितको विद्यालय चल्न नसक्ने अवस्था रहेको बताउँदै विद्यालयको विभिन्न शीर्षकमा विद्यालय व्यवस्थापन समितिको खर्च गर्न नसकिने बताए ।