close

१२ सय विद्यार्थीलाई पोशाक, एक जनालाई डाक्टर पढ्ने खर्च

१२ सय विद्यार्थीलाई पोशाक, एक जनालाई डाक्टर पढ्ने खर्च

Trulli
ADVERTISEMENT

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकाले एक हजार २०० विद्यार्थीलाई पोशाक र एक जनालाई अनुदानमा डाक्टर पढाउने भएको छ । 

आर्थिक वर्ष ०७९/०८० को नीति, कार्यक्रम तथा बजेटमार्फत उक्त योजना पारित गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर राईले पालिका खबरलाई बताए । उनका अनुसार दुर्गम गाउँपालिकामा चिकित्सक पढ्ने नहुनु र बाहिरबाट आउन नमान्ने समस्या भएको हुँदा एक जनालाई डाक्टर पढ्दा लाग्ने सबै खर्च  गाउँपालिकाले व्यहोर्ने निर्णय गरिएको हो । उसले पढिसकेपछि कम्तीमा ५ वर्ष गाउँपालिकाकै स्वास्थ्य संस्थामा काम गर्नुपर्ने सर्त छ । 

त्यस्तै गाउँपालिकामा रहेका २८ विद्यालयका करिब १२ सय विद्यार्थीलाई स्कुल पोशाप दिने कार्यक्रम पनि राखिएको छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष राईले बताए ।