close

एउटै विद्यालयका ७० विद्यार्थी बिरामी, इन्फ्लुएञ्जा भाइरस पुष्टि

एउटै विद्यालयका ७० विद्यार्थी बिरामी, इन्फ्लुएञ्जा भाइरस पुष्टि

Trulli
ADVERTISEMENT

चितवन । खैरहनी नगरपालिका-९ स्थित अन्त्योदय जनजाति आवासीय विद्यालयका ७० जना विद्यार्थी एकैदिन बिरामी भएका छन् । 

आइतबार ७० जना विध्यार्थीहरू बिरामी भएपछि स्वास्थ्य परीक्षण गर्दा इन्फ्लुएञ्जा ए भाइरस प्रमाणित भएको खैरहनी नगरपालिका-९ का वडाध्यक्ष बन्धुराम महतोले पालिका खबरलाई बताए । 

अहिले विद्यालयको होस्टलमा राखेर उनीहरूको उपचार भइरहेको छ भने अवस्था समान्य छ । रुघाखोकी र ज्वरोको लक्षणसहित बिरामी भएपछि नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले परीक्षण गर्दा उक्त भाइरस पुष्टि भएको हो । 

खैरहनी नगर अस्पतालका प्रमुख डा. प्रशान्त कँडेल, डा. सन्देश न्यौपाने, डा. सौरभ श्रेष्ठ, सिनियर अनमी सरिता श्रेष्ठ, जस्वानी नवीन अधिकारी सहितको टोली उनीहरूकफ उपचार खटिएका छन् भने मेयर र उपमेयरले उपचारमा संयोजनकारी भूमिका निर्वाह गरेका वडाध्यक्षले पालिका खबरलाई जानकारी दिए । 

श्वासप्रश्वासबाट यो रोग छिट्टै सर्ने भन्दै सावधानी अपनाउनसमेत नगरपालिकाले अनुरोध गरेको छ । यस विद्यालयमा २२० जनाभन्दा धेरै विपन्न चेपाङ विधार्थीहरू अध्ययनरत छन् ।