close

शिक्षण कलाको सहज माध्यम बन्दै स्थानीय पाठ्यक्रम

शिक्षण कलाको सहज माध्यम बन्दै स्थानीय पाठ्यक्रम

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय पाठ्यक्रम आफ्नो स्थानीय भाषा, संस्कृति, सम्पदा तथा वातावरणको बारेमा विद्यार्थीलाई सिकाउने उद्देश्यले तयार भएका हुन्छन् ।  यसको निर्माणको जिम्मा स्थानीय तहलाई हुन्छ । स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई घर र समाजसँग नजिक बनाउन भूमिका खेल्छ भने सिकाइ प्रक्रियामा सहजता प्रदान गर्छ । 

राष्ट्रिय शिक्षा प्रारुप २०७६ का अनुसार विद्यालयहरूले स्थानीय पाठ्यक्रम सरकारसँगको समन्वय र स्वीकृतिमा कक्षा १–३ का लागि ५ पाठ्यभार भएको पाठ्यक्रम तयार गर्न सक्छ । यस्तै कक्षा ४–८ को लागि ४ पाठ्यभार भएको छुट्टै स्थानीय पाठ्यक्रम पाठ्यक्रमको विकास तथा कार्यान्वयन गर्नुपर्ने भनिएको छ । यसै अनुरुप स्थानीय तहहरू स्थानीय पाठ्यक्रम बनाउन जुटिरहेका छन् । कतिपयले भने पाठ्यपुस्तक बनाएर पढाउन पनि थालिसकेका छन् । 

काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम बनाएर पढाइरहेको छ । काठमाडौं महानगरपालिकामा नेपाल भाषामा कक्षा १ देखि कक्षा ८ सम्म पढाइ भइरहेको छ । २०७७ साल असोजदेखि नेपाल भाषाको स्थानीय पाठ्यपुस्तक काठमाडौं महानगरका विद्यार्थीहरूले पढिरहेका छन् । 

काठमाडौं महानगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले भने ‘काठमाडौं महानगरभित्रका विषयवस्तु समेटेर नेपाल भाषामा यो पाठ्यक्रम तयार पारेको हो । देवनागरी लिपिमा यो पाठ्यपुस्तक तयार भएको छ ।’ 

महानगरले सामुदायिक विद्यालयका विद्यार्थीलाई नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराएको छ भने निजी विद्यालयका विद्यार्थीले  शुल्क तिरेर पढिरहेका छन् । देशकै राजधानी काठमाडौं महानगरभित्र नेवारी समुदायको बाहुल्यता छ ।  

काठमाडौंकै अन्य स्थानीय तहले पनि नेपाल भाषाका स्थानीय पाठ्यक्रम बनाएर अध्यपन गराइरहेका छन् । टोखा नगरपालिका, ललितपुर महानगरपालिकाले पनि नेपाल भाषामा स्थानीय पाठ्यक्रम पाठ्यक्रम बनाएर पढाइरहेका छन् । 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रममा तामाङ भाषालाई समावेश गरेको छ । तामाङ समुदायको बाहुल्यता रहेको यो गाउँपालिकाले विद्यार्थीको लागि तामाङ भाषाको पाठ्यपुस्तक तयार गरी पढाइरहेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण विद्यार्थीलाई नि:शुल्क उक्त पाठ्यपुस्तक उपलब्ध गराएइएको छ । 

कोञ्ज्योसोम गाउँपालिकामा तामाङ भाषामा स्थानीय पाठ्यक्रम बनेको छ । तामाङ भाषाकै पाठ्यपुस्तक २०७७ सालदेखि कोञ्ज्योसोमका बालबालिकाले पढिरहेका छन् । ‘लगभग ८० प्रतिशत तामाङ जातिको बाहुल्य रहेको यस गाउँपालिकामा लोप हुन लागेको तामाङ भाषा, लिपि, संस्कृति संरक्षण र नयाँ पुस्तालाई शिक्षाकै रूपमा जागरुक गराउन तामाङ भाषाको पाठ्यपुस्तक अध्यापन गराइएको हो ,’ गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्यले पालिका खबरलाई भने । 

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाई कुलुङ र शेर्पा भाषाका पाठ्यपुस्तक विद्यार्थीहरूलाई पढाइरहेको छ । कुलुङ र शेर्पा जातीको बसोबास रहेको यो क्षेत्रमा ९० प्रतिशत कुलुङ समुदायको बसोबास रहेको छ । लोप हुँदै गएको कुलुङ भाषाको संरक्षणमा पनि स्थानीय पाठ्यक्रम पाठ्यक्रमले सघाउने महाकुलुङ गाउँपालिका शिक्षा शाखाका झमक कटवाल बताउँछन् । 

काठमाडौंबाट नै तयार बनाएर यो पाठ्यपुस्तक गाउँपालिकामा पुर्‍याइएको हो । ‘२० वटा विद्यालय रहेको महाकुलुङ गाउँपालिकाको १८ वटा विद्यालयमा कुलुङ भाषाको पढाइ हुन्छ भने २ वटा विद्यालयमा शेर्पा भाषाको पढाइ भइरहेको छ,’ उनी भन्छन् ।   

यस्तै दाङ जिल्लाको घोरही नगरपालिकामा थारू भाषाको स्थानीय पाठ्यक्रम पाठ्यपुस्तक तयार भएको छ । यसै वर्षबाट कक्षा १ मा थारू भाषाको स्थानीय पाठ्यक्रम पाठ्यपुस्तक पढाइ भइरहेको छ । अर्को वर्ष कक्षा २ मा थारु भाषाको नयाँ पाठ्यपुस्तक तयार गर्ने उपमहानगरले जनाएको छ । 

शिक्षाविद् विद्यानाथ कोइरला विद्यार्थीले मातृभाषाको माध्यमबाट पढ्न पाउँदा झन् राम्रोसँग बुझ्न सक्ने बताउँछन् । आफूले घरमा बोल्ने भाषाबाट विद्यार्थीले विद्यालयमा पनि पढ्न पाउँदा झन् धेरै कुरा बुझ्न सक्छन् । माध्यम एक प्रकारको  शिक्षण कला हो । 

एउटै स्थानीय पाठ्यक्रम भाषा बोल्ने स्थानीय पाठ्यक्रम तहमा भने स्थानीय पाठ्यक्रम भाषामा नै सम्पूर्ण विषय अध्यापन गराउन सकिन्छ । मैथिली भाषाभाषी मात्र रहेको ठाउँमा मैथिली भाषामा नै सबै विषय पठाउन सकिन्छ । भारतका सिमानासँग जोडिएको स्थानीय पाठ्यक्रम तहले यस्तो प्रणालीको प्रयोग गरेको उनको अनुभव छ ।

तर, स्थानीय पाठ्यक्रम भाषामा तयार भएका पाठ्यपुस्तकलाई अनिवार्य विषयभन्दा पनि ऐच्छिक विषय बनाउने उनको तर्क छ । ‘स्थानीय पाठ्यक्रम  भाषा अध्ययन गर्ने सबै विद्यार्थीका मातृभाषा नहुन पनि सक्छन् । उनीहरूलाई स्थानीय पाठ्यक्रम भाषा अध्ययन गर्न मुस्किल पर्न सक्छन् ।’उनी भन्छन् ।

काठमाडौं उपत्यकाकै कुरा गर्ने हो भने यहाँ मैथिली, तामाङ, थारू र नेपाली भाषा नै मातृभाषा भएका विद्यार्थीहरू पनि उत्तिकै छन् । तर, यस्ता विद्यार्थीहरूलाई पनि नेवारी भाषा पढाउँदा स्थानीय पाठ्यक्रम पाठ्यक्रमको प्रभाव राम्रो देखिँदैन ।    

कुनै स्थानीय पाठ्यक्रम तहले भने लोपोन्मुख भाषाको र लिपिको विकास र संरक्षण गर्ने प्रयाससमेत गरेको उनको अनुभव छ । बालबालिकालाई लोपोन्मुख भाषा सिकाएर भाषाको संरक्षणमा महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।