close

गाउँपालिकामा 'हेलो अध्यक्ष प्रत्यक्ष विद्यार्थी संवाद कार्यक्रम'

गाउँपालिकामा 'हेलो अध्यक्ष प्रत्यक्ष विद्यार्थी संवाद कार्यक्रम'

Trulli
ADVERTISEMENT

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा 'हेलो अध्यक्ष प्रत्यक्ष विद्यार्थी संवाद कार्यक्रम' भएको छ ।

गाउँपालिकाको आयोजनामा शुक्रबार वडा नम्बर १ स्थित बिन्द्रावती माध्यामिक बिधालयमा हेलो अध्यक्ष प्रत्यक्ष संवाद कार्यक्रम भएको हो ।

पालिकाभित्रका विद्यालयको समस्या र सिकाइ प्रभावकारी बनाउन र विद्यार्थीको गुनासो, जिज्ञासा तथा शैक्षिक सुधारका लागि सुझाव संकलनका लागि प्रत्यक्ष संवाद कार्यक्रम सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले विद्यालयमा निर्मित हरेक भौतिक संरचना अपाङमैत्री हुनुपर्ने, विद्यालयलाई हरियाली र वातावरणमैत्री बनाउन र विद्यालयको शैक्षिक अवस्था सुधार गर्न पालिकाले विशेष पहल गनुपर्ने बताएका थिए ।

छलफलममा कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष लोकप्रसाद बन्जराले विद्यार्थीले राखेको माग सम्बोधन गर्ने र शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन निरन्तर लागिपर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती भट्ट, गाउँपालिका सामाजिक बिकास शाखाका संयोजक नारायण श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष बिकास श्रेष्ठ लगायतको सहभागिता थियो ।