close

एसईई ग्रेडवृद्धि परीक्षा आज र भोलि

एसईई ग्रेडवृद्धि परीक्षा आज र भोलि

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको ग्रेडवृद्धि आज र भोलि सञ्चालन गर्दैछ ।  २०७८ सालको माध्यामिक शिक्षा परीक्षा ग्रेडवृद्धिको परीक्षा आजदेखि सुरु भएको हो । 

२०७८ बैसाख ९ गतेदेखि सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई बढीमा दुई विषयमा ग्रेडवृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । 

त्यसैगरी अन्तिम ग्रेड सि वा सि भन्दा कम प्राप्त गरेका विषयहरूमध्ये परीक्षार्थीहरूले आफूले चाहेको बढीमा दुई विषय सम्म वा बढीमा दुई विषयसम्म अनुपस्थिति रहेका परीक्षार्थीहरूले पूरक परीक्षामा सहभागी हुन पाउनेछन् । 

बोर्डले  पूरक परीक्षामा सहभागिताका लागि यसअघिनै आवेदन माग गरी त्यसको आधारमा परीक्षा सञ्चालन गरेको हो ।