close

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । तर, बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिकको तयारी भइरहे पनि कहिले गर्ने भन्ने निर्णय भइनसकेको जानकारी दिए ।

‘भोलिसम्म गर्ने तयारी हो । केही कुरा क्लियर भइसकेको भए आजै हुन्थ्यो तर अहिलेसम्म सबै क्लियर भइसकेको छैन ।’

यस्तै, राष्ट्रिय परीक्षा बोर्डले नतिजालाई तीन भागमा वर्गीकरण गरेर सार्वजनिक गर्न लागिएको छ । आंशिक, ग्रेड वृद्धि र नियमित विद्यार्थीहरुको छुट्टाछुट्टै गरी तीनथरि नतिजा सार्वजनिक गरिने शर्माले जानकारी दिए । 

अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ अनुसार भने सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ ।