close

‘जङ्कफुड’ खाजा ल्याए विद्यार्थीले दिवा खाजाखर्च नपाउने

‘जङ्कफुड’ खाजा ल्याए विद्यार्थीले दिवा खाजाखर्च नपाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । बाग्लुङको  बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा जङ्कफुड निशेषध गरिएको छ ।

साथै विद्यालयले विद्यार्थीले खाजा  जङ्कफुड ल्याए विद्यायले दिँदै आएको खाजा खर्च नदिने निर्णय पनि गरेको छ। विद्यालयमा विद्यार्थीले जंङ्कफुड ल्याउन थालेपछि विद्यायलयले यस्तो निर्णय गरेको हो ।  

खाजाको रुपमा जङ्कफुड नल्याएमा कारबाही गर्ने निर्णय गरिएको प्रधानाध्यापक सरिता गौतम सापकोटाले बताइन् । 

  पसलबाट नियमित जसो चाउचाउ, चकलेट लगायतका जङ्कफुड ल्याउने, प्लास्टिकजन्य फोहर जथाभावी फाल्ने क्रम बढेपछि विद्यालयले घरबाटै खाजा ल्याउने निर्णय गरेको उनले बताइन् । 

नेपाल सरकारले प्राथमिक तहका बालबालिकालाई दैनिक १५ खाजास्वरुप दिने व्यवस्था गरेको छ ।

‘विद्यालयले एकमुष्ट पैसा दिएपछि जे ल्याए पनि कराउनैपर्ने थिएन तर जङ्कफुडले बालबालिकाको पेट दुख्ने र पैसा नभएका अभिभावक र विद्यार्थीलाई एकरुपता गराउन नसकिने भएपछि यो निर्णय गर्नुपरेको हो,’ गौतमले भनिन्, ‘अहिले बालबालिकाले खाजा खाँदा धनी र गरिबका छोराछोरी भनेर देखिँदैन ।’

यस्तै, अभिभावकलाई पनि यो निर्णयले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताए ।