close

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।नतिजा केहि समयपछि विद्यार्थीले हेर्न सकिने छ ।

जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षा सञ्चालन भएको थियो । 

बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष  ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको छ । जसअन्तर्गत यस वर्ष नियमिततर्फ ३.६१ देखि ४ जिपिए ४ हजार १७९ जनाले ल्याएका छन् ।

त्यस्तैगरी ३.२१ देखि ३.६० जिपिए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० आउने ६५ हजार २८४ जना, २.४० देखि २.८० आउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जिपिए आउने १० हजार ९ सय र १.६१ देखि २ जीपए आउने ३५ जना छन् ।

यस्तै, १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डका अनुसार प्रत्‍येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्‍ने उल्लेख छ ।