close

गोरखा नगरपालिकाका सबै विद्यार्थीलाई खाजा

गोरखा नगरपालिकाका सबै विद्यार्थीलाई खाजा

Trulli
ADVERTISEMENT

गोरखा । गोरखा नगरपालिकाले विद्यालय खाजा कार्यक्रम विस्तार गरेको छ ।

कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजा खुवाउने कार्यक्रम धेरै प्रभावकारी भएपछि नगरपालिकाले खाजा कार्यक्रम विस्तार गरेको हो ।

नगरपालिकाले कल्स ओभर रिजेज नेपाल नामक सामाजिक संस्थासँग समन्वय गरी कक्षा सात देखि १० कक्षा सम्मका विद्यार्थका लागि पनि खाजा कार्यक्रम सुरु गरेको हो । 

नगरपालिकाले संस्थाको समन्वयमा पहिलो चरणमा एक वर्षका लागि कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रमको प्रभावकारिता हेरेर आगामी वर्ष पनि खाजा कार्यक्रम अघि बढाइने नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए ।

प्रत्येक विद्यार्थीले दैनिक ३० रुपैयाँको दरले खाजा पाउँछन् । जसमा संस्थाको योगदान प्रतिदिन प्रतिविद्यार्थी २० रुपैयाँ रहन्छ भने नगरपालिका कार्यालयको रु ५ र विद्यार्थीको रु ५ लागत पर्नेछ ।

शिक्षा शाखा प्रमुख खड्काले भने  ‘नगरपालिका भित्रका केही विद्यालयमा खाजा कार्यक्रम सुरु भइसकेको छ भने केही विद्यालयमा सुरु हुन बाँकी रहेको छ ।’ 

नगरपालिका भित्रका १७ वटा माध्यमिक तहका विद्यालय र तीन वटा आधारभूत तहका विद्यालयमा यो कार्यक्रम संचालन भइरहेको उनले बताए ।