close

बाल दिवसको अवसरमा चित्रकला प्रतियोगिता

बाल दिवसको अवसरमा चित्रकला प्रतियोगिता

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले बाल दिवसको अवसरमा नगरव्यापी चित्रकला प्रतियोगिता गर्ने भएको छ ।

नगरपालिकाले नगरभित्र सञ्चालित विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बालबालिकाहरु बीच सो प्रतिस्प्रर्धा गर्न लागेको हो । पालिकाको अनुसार बालमैत्री समाजको आधारः जिम्मेवारी परिवार र उत्तरदायी सरकार विषयकमा चित्रकला प्रतियोगिता गर्न लागेको छ । 

प्रतियोगिता भाद्र २९ गते बालदिवसको दिन हुने पालिकाले जनाएको छ ।

नगरपालिकाको वडा न ६ खरिपाटीको श्री कृष्ण माध्यमिक विद्यालयमा विहान ११ बजेदेखि सो प्रतियोगिता हुने शिक्षा शाखाका अधिकृत दिनेश अर्यालले बताए ।