close

गोदावरीमा ‘मेरो विद्यालय विषय’मा चित्रकला प्रतियोगिता हुने

गोदावरीमा ‘मेरो विद्यालय विषय’मा चित्रकला प्रतियोगिता हुने

Trulli
ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकाले बाल दिवसको अवसरमा आधारभूत तहका विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता गर्ने भएको छ ।

नगरपालिकाको आयोजनामा भाद्र २९ गते ‘बालमैत्री समाजको आधारः जिम्मेवारी परिवार उत्तरदायी सरकार’ नारासहित चित्रकला प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा सहभागी हुनको लागि पालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयहरुलाई आग्रह गरेको छ । नगरभित्रका सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ३, ४ र ५ का विद्यार्थीले सो प्रतियोगितामा सहभागी जनाउन सक्नेछन् । 

पालिकाअनुसार प्रत्येक सामुदायिक विद्यालयले कक्षा ३ देखि ५ सम्मका १ जना विद्यार्थी सहभागी हुन सक्ने छन् । सहभागी विद्यार्थीले मेरो विद्यालय विषयमा चित्र कोर्नु पर्ने पालिकाले जनाएको छ ।

प्रतियोगी विद्यार्थीले जुनसुकै रंगको प्रयोग गर्न सक्ने र रंग पालिकाले नै उपलब्ध गराउने शिक्षा शाखाले जनाएको छ । 

एक जना इसिडीसहित १ जना विद्यार्थी सो कार्यक्रममा सहभाही हुनुपर्ने नगरपालिकाले जनाएको छ । कार्यक्रम भाद्र २९ गते गोदावरीको बज्रबाराहीमा विहान साढे १० बजेदेखि सुरु हुनेछ ।