close

शिक्षकको सरुवाविरुद्ध विद्यार्थीहरू आन्दोलित

शिक्षकको सरुवाविरुद्ध विद्यार्थीहरू आन्दोलित

Trulli
ADVERTISEMENT

नवलपरासी । शिक्षकको सरुवा गरिएपछि विरोधमा उत्रिएका विद्यार्थीहरूले बुधबार रामग्राम नगरपालिका घेराउ गरेका छन् । 

विद्यार्थीहरूको आन्दोलनका कारण नगरपालिकाको काम ठप्प बनेको छ । विद्यार्थीहरुले नगरपालिकाको मुल गेटबाट भित्र प्रवेश गर्न थालेपछि केही समय प्रहरीसँग धरपकड भएको थियो । 

सदरमुकाममा रहेको पवन माध्यामिक विद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेको आन्दोलनमा वरपरमा रहेका केही विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।  पढाइ राम्रो गर्ने शिक्षकको सरुवा गरेका कारण आन्दोलन गरिएको विद्यार्थीहरुले बताएका छन् । 

नगरका ३२ वटा सामुदायिक विद्यालयमा कार्यरत १४१ जना शिक्षकमध्ये ३३ जना शिक्षकको सरुवा भएको नगर शिक्षा शाखाले जनाएको छ ।