close

गाउँपालिकाका सब-इन्जिनियरको शैक्षिक प्रमाण-पत्र नक्कली

गाउँपालिकाका सब-इन्जिनियरको शैक्षिक प्रमाण-पत्र नक्कली

Trulli
ADVERTISEMENT

सल्यान । दार्मा गाउँपालिकाका सब-इन्जिनियरले पेश गरेका शैक्षिक प्रमाण-पत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका छ।

सब-इन्जिनियर विष्णु रोकायाले नक्कली मार्कसिटहरु पेस गरेर दार्मा गाउँपालिकामा अढाई वर्ष करार सेवामा जागिर खाई सरकारी रकम दुरुपयोग भएको ठहर गर्दै मुद्दा दायर गरेको आयोगले जनाएको छ।

रोकायले पाल्पा इन्जिनियरिङ कलेज तानसेन पाल्पाबाट जारी भएको भनी नक्कली प्रमाणपत्र बनाई पेश गरेकाे भन्ने सुचनाका आधारमा अनुसन्धान गर्दा नक्कली शैक्षिक याेग्यताका प्रमाणपत्र पेस गरेको देखिएपछि मुद्दा दायर गरिएको आयाेगले जनाएको छ ।