close

अभिभावकले नै बनाउछन् विद्यालयको दिवा खाजा

अभिभावकले नै बनाउछन् विद्यालयको दिवा खाजा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको क्षेत्रपाटीमा अवस्थित कन्या मन्दिर विद्यालयमा आफ्ना छोराछोरीका लागि अभिभावकले नै खाजा बनाउने गरेका छन् । 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र शिक्षा सल्लाहकार रेशु अर्यालले दिवा खाजा कार्यक्रमको शुक्रबार निरीक्षण गर्ने क्रममा उक्त कार्यको प्रशंसा गरेका छन् । उनीहरूले विद्यार्थीसँगै बसेर खाजा पनि खाएका थिए । 

अवलोकनपछि उपप्रमुख डंगोलले भनिन्, ‘काठमाडौंका स्कूलहरूलाई नमूना बनाउने क्रममा विद्यालयको विशेषताअनुसार फरक-फरक प्रकृतिको बनाउनुपर्छ । दरबार हाइस्कूलको विशेषता कन्या मन्दिरसँग नमिल्न सक्छ ।’

शिक्षा सल्लाहकार अर्यालले भनिन्, ‘सामुदायिक विद्यालयमा सहरका विपन्न परिवारबाट नानीबाबु अध्ययनका लागि आउँछन् । खाजाले एकातिर उनीहरुको शारीरिक विकासमा सहयोग पुगेको छ भने अर्कोतिर विद्यालय आउने वातावरण बनेको छ । यो धेरै राम्रो कार्यक्रम हो ।’

काठमाडौं महानगरपालिकाभित्रका ८९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन छ । यी विद्यालयमा अध्ययनरत करिब ३२ हजार विद्यार्थीले दैनिक खाना खाने गरेका छन् ।