close

अनुदानका लागि बालविकास केन्द्र छनोट गरी पठाउन अनुरोध

अनुदानका लागि बालविकास केन्द्र छनोट गरी पठाउन अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं ।  सुदूरपश्चिम सरकार सामाजिक विकास मन्त्रालयले अनुदानका लागि बालविकास केन्द्र छनोट एक/ एक वटा इसिडी छनोट गरी पठाउन अनुराेध गरेको छ । 

सामाजिक विकास मन्त्रालयअन्तगर्त  शिक्षा विकास निर्देशनालय सामाजिक विकास कार्यालयले एक सूचना गरी प्रदेशभित्रका सबै पालिकालाई यस्तो अनुरोध गरेको हो । 

‘प्रारम्भिक बालविकास शिक्षा कक्षाहरुमा श्रव्यदृश्य सामग्रीमार्फत सिकाइका लागि प्रत्येक स्थानीय तहको १/१ वटा वालविकास
केन्द्रको सुइृढीकरण अनुदान कार्यक्रम रहेकाले तहाँ स्थानीय तहबाट १-१ वटा बालविकास केन्द्र तपशीलमा उल्लेखित मापदण्डका आधारमा छनौट गरि अन्य आवश्यक कागजात सहित १५ दिन भित्र यस कार्यालयमा पठाईदिन हुन सादर अनुरोध छ ।’

बाल विका स केन्द्र छनौट गर्दा विद्यार्थी संख्या, विद्युत् पावरको अवस्था, तालिक प्राप्त शिक्षकको अवस्था, कक्षाकोठाको अवस्था आदि लाई आधार,मापदण्ड को रुपमा लिन सकिने कार्यालयले जनाएको छ ।