close

कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा

कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा

Trulli
फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले  कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ। महानगरले दिवा खाजाको लागि प्रतिविद्यार्थी दैनिक २५ रुपैयाँ छुट्याएको छ।

संघीय सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । 

महानगरको कार्यपालिका बैठकले संघीय सरकारले उपलब्ध गराउने रकममा १० रुपैयाँ थपेर खाजाको बजेट २५ रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो । महानगरभित्र रहेका ८९ सामुदायिक विद्यालयमा कक्षा ८ सम्म दिवा खाजा दिइने भएको हो ।