close

पूर्वप्राथमिक विद्यालय सञ्चालनको लागि दरखास्त आह्वान

पूर्वप्राथमिक विद्यालय सञ्चालनको लागि दरखास्त आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले पूर्वप्राथमिक विद्यालय सञ्चालनको लागि दरखास्त आह्वान गरेको छ ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै किन्डर गार्डेन, पूर्व प्राथमिक विद्यालय, मन्टेश्वरी सञ्चालन गर्नको लागि दरखास्त आह्वान गरेको हो । 

सूचना अनुसार इच्छुक व्यक्ति र संस्थाले आवश्यक कागजातसहित मंसिर मसान्तसम्म आवेदन दिन सक्नेछन् । गोकर्णेश्वर नगरपालिका पूर्वप्राथमिक विद्यालय व्यवस्थापन कार्यविधि २०७५ को अनुसूची १ अनुसार सम्बन्धित वडा कार्यालयको सिफारिसहित पालिकाको शिक्षा शाखामा आवेदन दिनुपर्ने सो सूचनामा उल्लेख गरेको छ । 

पालिकाको राजश्व उपशाखा वा वडा कार्यालय वा कृषि विकास बैंकमा एक हजार रुपैयाँ जम्मा गरी फाराम भरेर आवेदन दिनुपर्नेछ ।