close

मतदाता शिक्षाका लागि घरघरमा स्वयंसेविका पुग्ने

मतदाता शिक्षाका लागि घरघरमा स्वयंसेविका पुग्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम आजदेखि सञ्चालन गर्दैछ । चुनावमा मत बदर हुन नदिन र मतदातालाई सक्रिय सहभागी गराउन मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । 

वडा तहसम्म हुने यो कार्यक्रमका लागि स्वास्थ्य स्वयंसेविकालाई खटाइएको छ । देशभरका ६ हजार ७४३ वडामा कार्यक्रम सञ्चालन गर्न हरेक वडामा स्वयंसेविका परिचालन गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । 

आयोगले मतदाता शिक्षाका लागि ५० करोड रुपैयाँ छुट्याएको छ । चुनाव आउन अब १६ दिनमात्र बाँकी छ ।