close

ललितपुरद्धारा छात्रवृतिको लागि आवदेन माग

ललितपुरद्धारा छात्रवृतिको लागि आवदेन माग

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले छात्रवृत्तिको लागि आवेदन दिन अनुरोध गरेको छ । महानगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै पालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने बासिन्दाको लागि सो अनुरोध गरेको हो । 

सूचना अनुसार योग्यता पुगेका स्थानीय बासिन्दाले मंसिर २५ गतेभित्र आवदेन दिनु पर्ने छ । सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा निवदेन दिनु पर्नेछ ।

महानगरपालिकाका अनुसार एभरेष्ट इन्जिनियरिङ कलेज(पोखरा विश्वविद्यालय) र महानगरपालिकामा भएको सम्झौता अनुरुपमा ३ जना स्थानीय विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न लागेको हो । 

विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण वा डिप्लोमा इन्जियरिङ गरेको र महानगरपालिकाको सिफारिस पाएका विद्यार्थीले आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।