close

प्रस्तावना पेश गर्न सूर्यविनायकको अनुरोध

प्रस्तावना पेश गर्न सूर्यविनायकको अनुरोध

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयको लागि प्रस्तावना पेश गर्न अनुरोध गरेको छ ।नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयलाई प्रस्ताव पेश गर्न अनुरोध गरेको हो । 

सूचना अनुसार विद्यालयमा प्रयोगशाला स्थापना तथा व्यवस्थापन र विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापनको लागि सामुदायिक विद्यालयले पालिकामा प्रस्ताव दिन सक्नेछन् । तर सो विषयमा पहिले नै छनोट भइसकेका विद्यालयले भने प्रस्ताव पेश गर्न नपाउने पालिकाले सोही सूचना मार्फत जानकारी दिएको छ । 


इच्छुक विद्यालयको प्रस्तावना र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित सूचना प्रकासित भएको १५ दिन भित्र पालिकामा निवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।