close

समयमा कक्षा सञ्चालन गर्न बागमती नगरपालिकाकाे निर्देशन

समयमा कक्षा सञ्चालन गर्न बागमती नगरपालिकाकाे निर्देशन

Trulli
ADVERTISEMENT

सर्लाहीको बागमती नगरपालिकाले समयमा नै विद्यालय खोल्न नगरभित्र रहेका सम्पुर्ण विद्यालयलाई निर्देशन दिएको छ । 

विद्यालयहरुको अनुगमन गर्दा केहि विद्यालय बिहान १०:३० सम्म पनि नखुलेको पाइएकाले समयमा नै खोल्न नगरपालिकाले निर्देशन दिएको हो । 

बागमति नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै १० बजेदेखि ४ बजेसम्मको लागि पाठ्यभार तयारि भएको जानकारि गराउँदै ९:४५ मा शिक्षक र विद्यार्थी विद्यालयमा उपस्थित भइसक्न निर्देशन दिएको हो ।

दश बजे अघिनै पिटि, राष्ट्रिय गाना गाउने काम सक्काएर १० बजे पठनपाठन सञ्चालन सुरु गर्न नगरपािलकाले भनेको छ । यदि १० बजे कक्षा सञ्चालन हुन नसक्ने भएमा १०:१५ भन्दा ढिला पठनपाठन सुरु नगर्न र शुक्रबार पनि ४ बजेसम्मै विद्यालय सञ्चालन गर्न नगरपालिकाले सुचनामार्फत निर्देशन दिएकाे छ ।