close

स्नातक अध्ययन गर्ने बुहारीलाई छात्रवृत्ति

स्नातक अध्ययन गर्ने बुहारीलाई छात्रवृत्ति

Trulli
ADVERTISEMENT

झापा ।   गौरादह नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।  

आर्थिक रुपमा विपन्न भएका बुहारीहरु शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर पालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । 

नगर प्रमुख छत्रपति सुवेदीका अनुसार नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने छ । 


छात्रवृत्तिका लागि बुहारीहरूले बिवाह दर्ताको प्रमाणपत्र, निम्न आय भएको सिफारिस र निवेदन पेस गर्नुपर्नेछ । क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताए ।  

क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताए । उनका अनुसार छात्रवृत्तिका लागि करिब एक सय बुहारीहरूले निवेदन पेस गरेका छन् ।

नगरपालिकाका प्रमुख सुवेदीले यसवर्ष बुहारी र अर्को वर्ष छोरीका लागि छात्रवृत्ति प्रदान गरिने बताए ।