close

पाँचपोखरीका ६ सय ७५ विद्यार्थीलाई स्टेसनरी सामग्री

पाँचपोखरीका ६ सय ७५ विद्यार्थीलाई स्टेसनरी सामग्री

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक ।  पाँचपोखरी थाङपाल  गाउँपालिका–५ गुन्साका सातकन्यामती मावि र कुम्भेश्वरी आधरभूत  विद्यालयका ६ सय ७५ विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य सामग्री र टोपी सहितको झोला वितरण गरिएको छ । हेलम्बु  एजुकेसन एन्ड लाइभलिहुड पार्टनरर्र्शिप  (हेल्प) द्वारा सोमबार सो सामग्री वितरण गरिएको हो । 

सिन्धुपाल्चोकका पूर्वजिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम,  हेल्पका अध्यक्ष जिमी लामा, वडा नं ५ का अध्यक्ष काले गोले, सातकन्यामती माविका प्रअ प्रेम तामाङ लगायतले उक्त सामग्री वितरण गर्दै उक्त सामग्रीको  सदुपयोग गर्न आग्रह गरे ।  हेल्पले जिल्लामा मेलम्ची, त्रिपुरासुन्दरी र पाँचपोखरीमा  २७ जना साथी शिक्षक  पनि  सहयोग गरेको लामाले बताए । 

कार्यक्रममा गौतमले स्थानीय तहले गुणस्तरीय शिक्षाका लागि धेरै काम गर्न सक्ने बताए। विद्यालय नियमित गराउन तथा स्वास्थ्य सचेतना बढाउन यी सामग्री वितरण गरिएको हेल्पले जनाएको छ । संस्थाले शिक्षामा शिक्षक, सामग्री सहयोग, भवन निर्माण, तालिमलगायत सहयोग गर्दै आएको छ ।  त्यस्तै कोरोना, बाढी, भूकम्प जस्ता प्रकोप पीडितलाई सहयोग गर्दै आएको छ ।