close

भक्तपुरमा प्रधानाध्यापकको भेला

भक्तपुरमा प्रधानाध्यापकको भेला

Trulli
ADVERTISEMENT

 भक्तपुर । भक्तपुर नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको भेला गरेको छ । नगरपालिकाभित्रको शिक्षाको अवस्था र समस्याबारे जानकारी लिनको लागि सो भेला गरेको हो । 
 
कार्यक्रममा नगर प्रमुख सुनील प्रजापतिले शैक्षिक स्तर वृद्धि गर्न विद्यालयहरुले थप मेहनत गर्नु आवश्यक भएको बताए  । उनले शैक्षिक सुधारको लागि आवश्यक सहयोग र नीति निर्माणको लागि पालिकाले आवश्यक सहयोग गर्ने बताए । 

उनले नगरपालिकाले हरेक काममा सम्बन्धित विषयविज्ञको सल्लाहबमोजिम अगाडि बढेको सुनाए । 

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर शैक्षिक गन्तव्यस्थल बन्दै गर्दा धेरै चुनौतीहरु पनि थपिएको बताए । 

 भक्तपुर नपा नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले भक्तपुर नपाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षा सञ्चालन गरी करिब ३० लाखभन्दा बढीको छात्रवृत्ति वितरण गर्नुका साथै स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताए ।