close

युवा प्रतिभा पहिचान गर्दै चाँगुनारायण

युवा प्रतिभा पहिचान गर्दै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरस्तरीय युवा प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ । नगर शिक्षा शाखाको आयोजनामा आगामी पुष ७ र ८ गते सो कार्यक्रम हुन लागेको हो । 

नगरपालिकालाई दीगो, समतामूलक, समावेशी गतिशील विकासमा जोड गर्नको लागि पालिकाले सो कार्यक्रमको आयोजन गर्न लागेको हो । कार्यक्रममा १४ वर्ष २४ वर्षका उमेर समूहले सो कार्यक्रममा सहभागि हुन पाउने नगर शिक्षा शाखा अधिकृत दिनेश अर्यालले बताए । 

उनका अनुसार कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा संस्थाले पुष ५ गतेभित्र नगर शिक्षा शाखामा निवेदन दिनु पर्ने छ । कार्यक्रममा कथा लेखन, वादविवाद, कविता लेखन र निबन्ध लेखन प्रतियोगिता हुने उनले जनाएको छ ।