close

नगरप्रमुख प्रजापतिद्वारा विद्यालयस्तरीय विज्ञान प्रदर्शनी अवलोकन

नगरप्रमुख प्रजापतिद्वारा विद्यालयस्तरीय विज्ञान प्रदर्शनी अवलोकन

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वा विद्यालयस्तरीय विज्ञान प्रदर्शनीको अवलोकन गरेका छन् । नगरप्रमुख सुनील प्रजापतिले देकोचास्थित ख्वप कलेजमा भइरहेको प्रदर्शनीको अवलोकन गरेका हुन् । 

नगरपालिकाको आयोजनामा सो प्रदर्शनी भएको जनाएको छ । प्रदर्शनीमा नगरभित्रका विभिन्न विद्यालयले सहभागिता जनाएको नगरपालिकाले जनाएको छ ।

सो प्रदर्शनीमा भक्तपुर नगरक्षेत्रका ख्वप मावि, बासु मावि, मेधा मावि, तारा मावि, श्री पद्म मावि, बागीश्वरी मावि, एभरेष्ट इङ्गलिस ख्वप कलेज, अक्स्फोर्ड प्राक्टिकल स्कूल र इमेज स्कूल गरी ९ वटा विद्यालयहरुले भाग लिएका थिए भने सो प्रदर्शनीबाटै उत्कृष्ट प्रदर्शनी छनोट गरी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा भाग लिन पठाइनेछ । एक दिने सो प्रदर्शनीको दुई हजारभन्दा बढी विद्यार्थीहरुले अवलोकन गरेका थिए ।