close

चाँगुनारायणमा नयाँ विद्यालय खोल्न आवेदन खुला

चाँगुनारायणमा नयाँ विद्यालय खोल्न आवेदन खुला

Trulli
ADVERTISEMENT

चाँगुनारायण नगरपालिकाले पालिकामा नयाँ विद्यालय खोल्न, सञ्चालन तथा कक्षा थप्न चाहने व्यक्ति/संस्था/निकायको लागि आवेदन खुला गरेको छ ।

नगरपालिकाको प्रचलित कानुन अनुसार व्यवस्थापन गरि निवेदन पेश गर्न सकिने बुधबार एक सुचना जारि गर्दै नगरपालिकाले जनाएको हो । यसै पुष मसान्तसम्ममा आवेदन पेश गरिसक्नु पर्ने नगरपालिकाको सुचनामा उल्लेख छ ।  

थप जानकारि लिन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।