close

तिलोत्तमाका शैक्षिक संस्थाहरु बन्द

तिलोत्तमाका शैक्षिक संस्थाहरु बन्द

Trulli
ADVERTISEMENT

रुपन्देही । तिलोत्तमा नगरपालिकाले पुष २८ र २९ गते शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै शैक्षिक संस्था बन्द गर्ने जनाएको छ ।

पछिल्लो समय तराई क्षेत्रमा बाक्लो हुस्सु, कुहिरो र शीतलहरले चिसो बढेकोले शैक्षिक संस्था बन्द गर्न लागेको जनाएको छ । चिसोका कारण विद्यार्थीहरुमा विभिन्न समस्या देखा परेको नगरपालिकाले जनाएको छ । 

विद्यालय माघ ३ गतेदेखि मात्रै नियमित सञ्चालन गर्न सकिने नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।