close

शिक्षकका सन्तान सामुदायिक विद्यालयमा अनिर्वाय भर्ना

शिक्षकका सन्तान सामुदायिक विद्यालयमा अनिर्वाय भर्ना

Trulli
ADVERTISEMENT

नुवाकोट । सूर्यगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकका सन्तानलाई सोही विद्यालयलमा भर्ना गराउन निर्देशन दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो । 

गाउँपालिकाका अनुसार पुष २२ गते गाउँ शिक्षा समितिको बैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले नैतिक जिम्मेवारीले विद्यालयमा अध्ययनरत सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन दिएको हो । सो अनुसार आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने छ । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार गर्नको लागि पालिकाले सो निर्णय गरेको जनाएको छ । सो निर्णय अनुरुप भर्ना नगराएमा पालिकाले दिने सेवा तथा सुविधा रोक्का गराइने गाउँपालिकाले जनाएको छ ।