close

स्थानीय पाठ्यक्रम तयार पार्दै झिमरुक

स्थानीय पाठ्यक्रम तयार पार्दै झिमरुक

Trulli
ADVERTISEMENT

प्युठान । झिमरुक गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको लागि बुधबार कार्यदल गठन गरिएको छ । 

गाउँपालिकाको अनुसार गाउँ शिक्षाको बैठकले स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयन गर्नको लागि कार्यदल गठन गरिएको अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीले बताए ।उनको अनुसार पाठ्यक्रममा स्थानीय स्रोत, साधन, सम्पदा र संस्कृतीहरुको उल्लेख गरिने छ । 

उनले बैठकबाट विद्यालयको व्यवस्थापन समिकिो पुनःगठन, शैक्षिक क्यालेन्डर निर्माण र विद्यालय तथा बालविकास सहजकर्तालाई कामकाजको समयावधि निर्धारण गरिने बताए । 

गाउँपालिकामा हाल ४६ वटा विद्यालय सञ्चालनमा छन् ।