close

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Trulli
ADVERTISEMENT

तनहुँ। आँबुखैरेनी गाउँपालिकाले गरिब तथा जेहेन्दारलाई रु छ लाख ५० हजार छात्रवृत्ति रकम वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्रका स्थायी ठेगाना भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यसहित गाउँपालिकाले २२ जनालाई छात्रवृत्तिस्वरुप रु छ लाख ५० हजार वितरण गरेको हो । 

गाउँपालिका छात्रवृत्ति वितरण कार्यविधि, २०७९ अनुसार गत मङ्सिर २९ गते प्रकाशित सूचनाबमोजिम निवेदन पेस गरेका विद्यार्थीलाई छात्रवृत्ति वितरण समितिको सिफारिस तथा गाउँ कार्यपालिकाको निर्णयबमोजिम छात्रवृत्ति रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। 

‘विभिन्न तहमा अध्ययनरत विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित छात्रवृत्ति रकम वितरण गरेका हौँ। यसले गर्दा उहाँहरूको पढाइलाई टेवा पुग्ने विश्वास लिएका छौँ’, उनले भने। 

छात्रवृत्ति प्राप्त गर्नेमा उच्च माध्यमिक तहदेखि विद्यावारिधि तहसम्म अध्ययनरत विद्यार्थी छन् ।