close

कालीमाटीले निर्माण गर्याे स्थानिय पाठ्यक्रम

कालीमाटीले निर्माण गर्याे स्थानिय पाठ्यक्रम

Trulli
ADVERTISEMENT

सल्यान। कालीमाटी गाउँपालिकाले स्थानीय कला, संस्कृति, साहित्य, भाषा, रीतिरिवाज, धर्म, कृषि, वन समावेश गरि स्थानिय पाठ्यक्रम निर्माण गरेको छ ।

स्थानीय पर्यटकीय स्थल, भौगोलिक पहिचान, जातीय विविधता पहिचानलगायत पाठ्यक्रममा समेटिएर  ‘कालीमाटी गाउँपालिकाको सेरोफेरो’ नामको स्थानिय पाठ्यक्रम निर्माण गरिएको छ । आगामी शैक्षिक सत्रदेखि आफ्नै पाठ्क्रम पढाउने गाउँपालिकाले जनाएको छ। 

पालिकाले कक्षा १ देखि ८ कक्षासम्म लागू गर्न स्थानीय पाठयक्रम निर्माण गरेको छ।  । कालीमाटी गाउँपालिकाभित्र रहेका ५२ सामुदायिक विद्यालयमा आधारभूत तहमा झन्डै ४ हजार विद्यार्थी अध्ययनरत छन् ।